खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिनसक्ने
खोटाङ, भदौ २ । खोटाङका भूमीहिन र अव्यवस्थितहरुले भूमि प्राप्तिकालागि निवेदन दिने समय सुरु भएको छ । राष्ट्रिय भूमि आयोगले नेपालका २ सय ४० स्थानीयतहरुका लागि भदौ १ गते सूचना प्रकाशन गरेको छ । जसमा खोटाङका दश वटै स्थानीय तहहरु रहेका छन् । जिल्लाका सबै पालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम सम्बन्धित वडा कार्यालयमा भदौ १ देखि असोज ४ गतेसम्म निवेदन दिनसक्ने आयोगको सूचनामा उल्लेख छ ।
निवेदन दिन आयोगको केन्द्रिय कार्यालयले सूचना प्रकाशन गरेसँगै जिल्ला कार्यालय खोटाङले बिहिबार (आज) समन्वय समितिको हलमा पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा बोल्दै भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राईले पालिका र वडाहरुमा सहजिकरण समिति निर्माणका लागि ताकेता गरिरहेको बताउनुभएको छ । आयोगको नीति अनुसार सम्बन्धित पालिका प्रमुख संयोजक रहनेगरी पालिका स्त...








